विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष तथा सदस्य पदका लागि को-को सर्टलिस्टमा

bidhyut niyaman aayog

काठमाडौँ । विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष तथा सदस्य पदका लागि १५ जना उम्मेदवारहरूको नाम सर्टलिस्ट (छनोट सूची) मा परेको छ । विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा अध्यक्ष पदका लागि ६ जना र सदस्य पदका लागि ९ जनाको नाम सार्वजनिक गरेको हो ।

छनोट समितिका अनुसार आवेदकहरूले पेस गरेको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरू मात्र यो चरणमा छनोट हुन सफल भएका हुन् । आयोगमा कुल एक अध्यक्षसहित ५ जना पदाधिकारीहरू नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ, जसका लागि अहिले प्रतिस्पर्धा तीव्र बनेको छ ।

अध्यक्ष पदका लागि सर्टलिस्टमा परेका ६ उम्मेदवारहरू:

१. केशवध्वज अधिकारी (ललितपुर)
२. डा. रामप्रसाद धिताल (सिन्धुपाल्चोक)
३. मधुप्रसाद भेटुवाल (काठमाडौँ)
४. मोतीबहादुर कुँवर (काठमाडौँ)
५. डा. मधुसुधन अधिकारी (काठमाडौँ)
६. डा. भोलानाथ शर्मा घिमिरे (गोरखा)

सदस्य पदका लागि सर्टलिस्टमा परेका ९ उम्मेदवारहरू:

१. निरज्वल बस्नेत (उदयपुर)
२. रुद्रप्रसाद सिटौला (काठमाडौँ)
३. जयराज भण्डारी (काठमाडौँ)
४. लोकराज पाठक (काठमाडौँ)
५. बलराम सिलवाल (धादिङ)
६. विज्ञानप्रसाद श्रेष्ठ (काठमाडौँ)
७. अर्जुनकुमार गौतम (भक्तपुर)
८. नरेन्द्रसिंह भण्डारी (काठमाडौँ)
९. नारायणप्रसाद सापकोटा (भरतपुर)

सिफारिस समितिले अब यी सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण लिनेछ । त्यसपछि उपयुक्त नामहरू मन्त्रिपरिषदमा सिफारिस गरिनेछ र नेपाल सरकारले आयोगको नयाँ नेतृत्व र सदस्यहरूको अन्तिम टुङ्गो लगाउनेछ ।