घरको सपना पूरा गर्न ‘बेस्ट फाइनान्स’को आकर्षक गृह कर्जा योजना

काठमाडौं । आफ्नै घर बनाउने सपना देखिरहेका सर्वसाधारणका लागि बेस्ट फाइनान्स कम्पनी लिमिटेडले आकर्षक गृह कर्जा योजना सार्वजनिक गरेको छ। “घर कर्जा, हुन्छ कुन डर, जब बन्छ सपनाको घर !” भन्ने नारासहित ल्याइएको योजनाले घर निर्माण, खरिद तथा मर्मत गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ।

फाइनान्सका अनुसार यस योजनाअन्तर्गत सस्तो ब्याजदर, २५ वर्षसम्मको कर्जा अवधि तथा घर, घर मर्मतसम्भार, जग्गा खरिद र घर निर्माणका लागि कर्जा सुविधा उपलब्ध रहेको छ।

बेस्ट फाइनान्सले सहज प्रक्रिया, लचिलो भुक्तानी व्यवस्था र ग्राहकमैत्री सेवामार्फत घर निर्माणको सपना साकार पार्न सहयोग गर्ने विश्वास व्यक्त गरेको छ। कम्पनीले आफ्नो गृह कर्जा योजना सर्वसाधारणका लागि भरपर्दो र किफायती विकल्प बन्ने जनाएको छ।