साइबर अपराध आरोपमा प्रहरीले क्यानडा नेपाल अनलाइन-पत्रकार विनोद ढकाललाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय इटहरीमा विद्युतीय कारोबार ऐन २०६३ गरेको भन्दै जाहेरीको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेको हो।
पक्राउपछि उनलाई सुनसरीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
पत्रकार ढकालविरूद्ध इटहरीका एक विद्यालय व्यवस्थापनका अध्यक्ष काशीराज डंगालले साइबर अपराध कसुरमा जाहेरी दिएका हुन्।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनले डंगालविरूद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।
‘उहाँले सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। अहिले उनले हटाएपनि जाहेरीसाथ स्क्रिनसट आएकोले पक्राउ गरिएको प्रहरीले बताएको छ ।
