एनपीएल क्रिकेट:  कर्णालीले जनकपुरलाई हरायो 

  • Clock icon
    २०८३ कार्तिक ११, मंगलवार

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दाेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ।

जितका लागि पाएकाे १३३ रनकाे लक्ष्य पछ्याएकाे जनकपुरले १९.३ ओभरमा ११३ रन मात्रै बनाउन सक्याे।

जसमा अभिषेश तिवारीले २०,कप्तान हर्मित सिंहले १९,माेइल अलीले १९ रनकाे याेगदान गरेपनि जित दिलाउन सकेनन् ।

कर्णालीका युनिश ठकुरीले ३,हुसेन तलतले ३ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२  रन बनायाे।

जसमा अरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जाेडे।

जनकपुरका लागि कप्तान हर्मित सिंहले ३,राहुल यादव र माेइल अलीले २/२ विकेट लिए।

आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रन हरायो ।

प्रतियोगिता अन्तरगत भाेलि एउटा खेल हुनेछ । बेलुका ५ बजे पाेखरा एभेन्जर्स र सुदूरपश्चिम राेयल्स भिड्नेछन् ।

कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ ।

  • Clock icon
    २०८३ कार्तिक ११, मंगलवार