टोपबहादुर रायमाझी र बालकृष्ण खाँड शरणार्थी प्रकरणमा दोषी ठहर-पूर्ण पाठ

भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडले राज्य विरुद्धको कसुर गरेको जिल्ला अदालत काठमाडौंले फैसला गरेको छ।

उनीहरूसँगै, पूर्व गृहसचिव टेक नारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय केशव प्रसाद दुलाल पनि राज्य विरुद्धको कसुरमा दोषी ठहर भएका छन्।

त्यसैगरी, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पाले पनि शरणार्थी प्रकरणमा राज्य विरुद्धको कसूर तथा एकीकृत कसुर गरेको जिल्ला अदालतको फैसलामा उल्लेख छ।

उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी राज्य विरुद्धको कसुर गरेको ठहर भएको हो।

त्यसैगरी शरणार्थी नेता टेकनाथ रिजाल पनि दोषि ठहर भएका छन्। त्यसैगरी, उक्त प्रकरणमा प्रतिवादी बनाइएका नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्य विरुद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ।

सोही कसुरमा टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जन कुमार खरेललाई पनि मतियारको रुपमा दोषी ठहर गरेको छ।

लिखित किर्तेको कसुरमा भने तीन जनालाई मात्रै दोषि ठहर गरिएको छ। टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी मात्रै दोषि ठहर गरेको छ। अरु सबैले यो कसुरमा भने सफाइ पाएका छन्।

संगठित अपराधमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा। इन्द्रजित राई, गोबिन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई प्रमुख कसुरदारका रुपमा दोषि ठहर गरेको छ।

उनीहरूलाई कति सजाय हुने भन्ने चाहिँ जिल्ला अदालतले अर्को पेसीमा निर्धारण गर्छ।

पूर्ण पाठ