फ्रान्सका राष्ट्रपति-सिरियामा विस्फोट

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन भ्रमणमा रहेका बेला हिजो मंगलबार सिरियाको राजधानी दमास्कसमा विस्फोट भएको छ।

यद्यपि म्याक्रोन सुरक्षित रहेको फ्रान्स सरकारले बताएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार मध्य दमास्कसमा भएको विस्फोटमा कम्तीमा १८ जना घाइते भएका छन्। जसमा ४ प्रहरी पनि रहेको सिरियाली सञ्चारमाध्यमले जनाएका छन्।

दुई घरेलु बम विस्फोट भएका हुन्।

सिरियामा नयाँ सरकारले सत्ता सम्हालेपछि पश्चिमी युरोपेली राष्ट्रप्रमुख म्याक्रोनको यो पहिलो भ्रमण हो।

सिरियाका राष्ट्रपति अहमद अल-साराले अन्य देशसँगको सम्बन्ध सुदृढ पार्न र सिरियाको पुनर्निर्माण गर्न प्रमुख कूटनीतिक प्रयास सुरु गरेका छन्।

हाल सिरियामा सुरक्षा कायम राख्नु अहमद अल(सारा सरकारका प्रमुख चुनौतीमध्ये एक मानिन्छ।