प्रधानमन्त्री बालेन्द्र शाह-बालेनसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आज बिहीबार भेटवार्ता गरेका छन्।
नीजि क्षेत्रको गुनासोसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था तथा त्यससँग सम्बन्धित विषयमा छलफल भएको हो ।
भेटका क्रममा वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने, पूँजी बजारसँग सम्बन्धित समसामयिक विषय तथा बैंकिङ क्षेत्रका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
