श्रावण महिना सुरु भएसँगै बजारमा हरियो चुरा, पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको छ । विशेषगरी श्रावण महिनाभर महिलाहरुले हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा छ ।