सुनसरीको कप्तानगञ्जमा दुई जना युवाको ज्यान ज्यानेगरी भएको घटनामा पीडित पक्ष र सरकारबीच सम्झौता भएको छ।
प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक र नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङबिच गएराति सम्झौता भएको हो।
सम्झौता पत्रमा गृहमन्त्री गुरुङ र ओमप्रकाशका अभिभावक कृष्णदेव र जयप्रकाशका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार दुवै मृतकको आज अन्तिम संस्कार हुनेछ।

