गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०८२र८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा लाभांशबापत लाग्ने करसमेत समावेश गरिएको छ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। सोही चुक्ता पुँजीका आधारमा बैंकले बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
सञ्चालक समितिको ३५१औँ बैठकले लाभांश वितरणसम्बन्धी प्रस्ताव गरेको बैंकले जनाएको छ।
यद्यपि, प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक हुनेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट प्रस्ताव पारित हुनुपर्नेछ।
वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै योग्य सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।
