खतराको सूची पार भएपछि आज सप्तकोशीका ४३ ढोका खुला

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका आज  ४३ वटा ढोका खोलिएका छन् ।

आज शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन भएको छ ।

जलसतह निकै माथि पुगेपछि ४३ वटा ढोका खोलिएको हो । शुक्रबार बिहान १० बजे प्रतिसेकेन्ड एक लाख ९८ हजार २ सय २० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए ।

दिउँसो १ बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो । दिउँसो २ बजे पानीको बहाव दुई लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो ।