अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्।
भोली बुधबारदेखि लागू हुने पाण्डेले राजीनामा दिएका हुन्। नियमित अवकाशका लागि करिब डेढ वर्ष सेवा अवधि बाँकी रहेको अवस्थामा पाण्डेले राजीनामा दिएको पाइएको छ।

सहसचिव योगेन्द्र पाण्डे
संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’सँग सम्बन्धित व्यवस्थापछि सेवा अवधि बाँकी छँदै सचिव, सहसचिवलगायत उच्च तहका कर्मचारीले राजीनामा दिने क्रम बढेको छ।
पछिल्लो समय विभिन्न तहका ५३८ निजामती कर्मचारीले राजीनामा दिएका छन्। जसमा तीमध्ये तीन सचिव र २५ बढी सहसचिवसमेत छन्।
