नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशन अन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि मतदान सुरु हुन लागेको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले दिएको जानकारीअनुसार आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने गरी सम्पूर्ण तयारी मिलाइएको छ ।
नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि तय भएको निर्वाचनअघि नै तीन जना उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपासभापतिमा पुष्पा भुसाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका हुन्।
सभापतिसहित अन्य बाँकी पदहरूमा भने चुनावी प्रतिस्पर्धा हुनेछ। सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भोलि बिहान १० बजेदेखि मतदान सुरु हुने कार्यक्रम तय गरिएको छ।
