सिद्धार्थ बैंकको आकर्षक अफर : OMODA, Jaecoo र ICAUR गाडीमा वार्षिक ५.९९ प्रतिशत निश्चित ब्याजदरमा कर्जा

सिद्धार्थ बैंक र एसपीजी अटोमोबाइल्स प्रा. लि. बीच सवारीसाधन खरिदका लागि सहकार्य भएको छ। यस सहकार्यअन्तर्गत OMODA, Jaecoo र ICAUR ब्रान्डका गाडी खरिद गर्ने ग्राहकले वार्षिक ५.९९ प्रतिशत निश्चित ब्याजदरमा सवारी कर्जा पाउनेछन्।

यस योजनाले आकर्षक ब्याजदरमा आफ्नो रोजाइको गाडी खरिद गर्न चाहने ग्राहकलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। गाडी खरिद गर्ने योजना बनाइरहेका ग्राहकका लागि यो सहकार्य उपयोगी अवसर बन्न सक्छ।