लुम्बिनी विकास कोषको पदाधिकारी नियुक्तिको विरोधमा लुम्बिनी बचाउ महाअभियान, लुम्बिनीले आज शनिबार पर्साचोकमा विरोध सभा गरेको छ ।
सभामा बोल्ने वक्ताहरुले आनी छोइङ डोल्मालाई नियुक्त गर्ने वर्तमान सरकारको निर्णय गलत भएको भन्दै उक्त निर्णय बदर गर्न माग गरे ।
उनीहरुले लुम्बिनीको स्थानीयबासीलाई कोषको पदाधिकारीमा नियुक्त गर्नुपर्ने समेत सरकारसँग माग राखेका छन् ।
सभामा महाअभियानका संयोजक अकरामुद्दीन खाँ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, महाअभियानका सह–संयोजक राम विकास चौधरी, मेघनाथ आचार्य, संस्थापक उपाध्यक्ष मोहम्मद इस्लाम खाँ र कपिलवस्तु–तिलौराकोट संघर्ष समितिकोतर्फबाट रामनिवास यादवले सम्बोधन गरेका थिए ।