आज काठमाडौँबाट खोटाङ जाँदै गरेको टाटा सुमो सुनकोसीमा खस्यो ३ जनाको शव फेला

काठमाडौँबाट खोटाङ जाँदै गरेको टाटासुमो आज महाअष्टमी कात्र्तिक १ गते बिहान सिन्धुलीस्थित सुनकोसी नदीमा खसेको छ।

सिन्धुलीको रत्नावतीस्थित प्रहरी चौकीका अनुसार को १ ज २९७६ नम्बरको टाटा सुमो आज बिहान सिन्धुली फिक्कल गा.पा. वडा नं.०६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल सुनकोसी नदीमा खसेको हो।

घटनास्थलमा ३ जना महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

चालकसहित २ पुरुष, १ महिला र एक बालिकालाई उद्धार गरी उपचारमा पठाइएको छ।

चालकको भनाइअनुसार ३ जना बेपत्ता छन्।

उदयपुरस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा उपचार भइरहेकाहरू-

१) चालक जिल्ला ओखलढुंगा बस्ने वर्ष अं. २९ को आशिष विष्ट (अवस्था बेहोस)
२) जिल्ला खोटाङ दिक्तेल न.पा. वडा नं.०३ बस्ने बर्ष अं. ३८ की सम्झना राई (अवस्था गम्भीर)
३) ऐ.ऐ. बस्ने निजको छोरी वर्ष अं. १२ की शिवानी राईको टाउको र शरीरका विभिन्न भागमा चोट (अवस्था बोल्न सक्ने)
४) जिल्ला खोटाङ दिक्तेल न.पा. वडा नं.०१ बस्ने बर्ष अं. १३ को अंकित बि.क.को टाउको र शरीरका विभिन्न भागमा चोट (अवस्था बोल्न सक्ने)