काठमाडौ । टी २० क्रिकेट भन्नेवितिक्कै चौका छक्काको वर्षा हुने भनेर समर्थक र खेलाडी सबैले सोचेका हुन्छन् । ब्याटरहरु छक्का चौका हिर्काउनका लागि तयार हुन्छन् र हिर्काउछन् पनि । किनकि छोटो फम्याटको क्रिकेटमा बढीभन्दा बढी रन बनाउने जुनसुकै टिमको पनि लक्ष्य हुन्छ ।
तर कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०मा रन बनाउनका लागि खेलाडीलाइ सकस भएको छ ।
एनपीएल खेल्न विश्व क्रिकेटका स्टारहरु नेपालमा पहिलोपल्ट आएका छन् । आक्रामक ब्याटिङका लागि परिचित वेस्ट इन्डिजका आन्द्रे रसेलसँगै अस्ट्रेलिया डेविड वार्नर, दक्षिण अफ्रिका डेविड मिलर, जिम्वावेका सिकन्दर रजा, र पूर्वविश्व नम्बर एक बंगलादेशी अलराउन्डर सकिब अल हसन, इंगल्याण्डका मोइन अली,डेभिड मलानलगायतका चर्चित क्रिकेटरले एनपीएल खेले ।
चर्चित खेलाडीले नेपाल आएर अपेक्षाअनुरूप रन बनाउन सकेनन्। रन बनाउन नसक्दा विदेशी खेलाडीले पिचको दोष लगाएका छन् । पिच असाधारण भएको भन्दै खेलाडीले प्रश्न गर्ने गरेका छन् ।
चितवन राइनोजका कप्तान सिकन्दर राजाले नेपालको क्रिकेट पिच ९विकेट० सुधार गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै राजाले नेपालले विश्वका शीर्ष टोलीहरूसँग साँचो अर्थमा प्रतिस्पर्धा गर्ने हो भने ब्याटिङका लागि अझ राम्रा पिच बनाउनुपर्ने बताए ।
उनले भने, “अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङका लागि राम्रा र ‘ट्रु’ पिच हुन्छन्। नेपाली खेलाडीले अर्को स्तरमा पुग्न २०० रन बनाउन र बलरहरूले १८०÷२०० रन जोगाउन सिक्नुपर्छ। यो फ्रेन्चाइज लिगको मात्र होइन, नेपाली राष्ट्रिय टिमकै भविष्यको कुरा हो।”
राजाले राम्रा पिचमा खेल्दा बलरहरूको कौशल बढ्ने र ब्याटरहरूको आत्मविश्वास पनि उच्च हुनुका साथै दर्शकले चौका र छक्का हेर्दा खेल अझ रोमाञ्चक हुने बताए।
यस्तै जिमी निशम,मोइन अली,डेभिड मलानले पनि पिचप्रति प्रश्न गरेका थिए ।
लिग चरणका मा कुल २८ खेल सम्पन्न हुँदा ९ इनिङमा १०० रनसमेत बन्न सकेन। भने २४ इनिङमा १३० रनभन्दा कम रन बन्यो।
उसो त रन नबनेको पनि होइन् । कीर्तिपुर मैदानमै सर्वाधिक रन बन्ने रेकर्ड समेत बनेको छ । काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले एनपिएल इतिहासकै सर्वाधिक २२४ रनको योगफल बन्यो।
काठमाडौंका कप्तान करण केसीको भने पिचबारे मिश्रित प्रतिक्रिया रहेको छ । उनले भने,पिचमा जम्नसक्यो भने सजिलै रन बनिरहेको छ । सबैकुरा पिचलाई पनि दोष लगाउन मिल्दैन् ।
लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् ।
अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम खेल्नेछन् । पहिलो क्वालिफायर भोलि हुनेछ। इलिमिनेटरमा काठमाण्डौ गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । इलिमिनेटर खेल पर्सि र दोस्रो क्वालिफायर बिहीबार हुनेछ । पहिलो क्वालिफायर विजेता फाइनल पुग्दा पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । फाइनल मंसिर ५ गते हुनेछ ।