नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन घटेको छ। हिजो तोलामा १,१०० रुपैयाँले घटेको सुनको मूल्य आज फेरि १,३०० रुपैयाँले घट्दै प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँ थियो। लगातारको मूल्य गिरावटसँगै दुई दिनमै सुन २,४०० रुपैयाँले सस्तो भएको छ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। हिजो प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।