उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अर्थ मन्त्रालयअन्तर्गतका सचिवबीच कार्यसम्पादन सम्झौता भएको छ।
अर्थ मन्त्रालयमा आज आयोजित औपचारिक कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलसँग छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गरेका हुन्।
सम्झौतापत्रमा मन्त्रालयका प्राथमिकता, वार्षिक लक्ष्य, कार्यान्वयन समयसीमा तथा मूल्याङ्कन मापदण्डहरू उल्लेख गरिएको छ। अर्थ मन्त्रालयका अनुसार यस सम्झौताले मन्त्रालय र मातहतका निकायहरूको कार्यदक्षता वृद्धि गर्न, पारदर्शिता कायम गर्न र प्रतिवद्धतापूर्वक परिणाममुखी कार्य सम्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।