विश्वकप फुटबल-२०२६, टर्कीद्धारा अमेरिका ३-२ ले पराजित

विश्वकप फुटबल-२०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘डी’को खेलमा अमेरिकालाई ३-२ गोल अन्तरले पराजित गर्दै टर्की विजयी भएको छ।

तर, यो हारले अमेरिकालाई नकआउट चरणमा प्रवेश गर्नबाट कुनै बाधा गर्दैन।

यसअघि नै पाराग्वे र अस्ट्रेलियालाई पराजित गर्दै जारी विश्वकपको सह-आयोजकसमेत रहेको अमेरिका नकआउट चरणमा प्रवेश गरिसकेको टोली हो।

टर्की भने फिफा विश्वकपको नकआउट चरणबाट बाहिरिसकेको टोली हो।

समूह डीको दोस्रो खेलमा पाराग्वेसँग १–० हारेसँगै टर्की अर्को चरणमा प्रवेश नगरी विश्वकपबाटै बाहिरिएको टोली हो। उसले यो अन्तिम खेल प्रतिष्ठाको लागि मात्रै खेलेको थियो।