हिमालयन एभरेष्टको नाफा ५३ करोड नाघ्यो

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ५३ करोड रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएको छ। कम्पनीले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो वर्षको तुलनामा ५.९५ प्रतिशतले वृद्धि भएको हो।

गत आवमा कम्पनीको नाफा ५३ करोड २३ लाख ३५ हजार रुपैयाँ रहेको छ। अघिल्लो आवको सोही अवधिमा यो रकम ५० करोड २४ लाख ६३ हजार रुपैयाँ मात्र थियो।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ५७.८८ प्रतिशतले बढेर २ अर्ब २ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम १ अर्ब २८ करोड रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिमा १ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४७ करोड ४४ लाख रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो।

कुल आम्दानी ७.३६ प्रतिशतले बढेर २ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २०.०७ प्रतिशतले बढेर १ अर्ब ९४ करोड ८ लाख रुपैयाँ पुगेको छ। तर लगानी तथा ऋणबाट आम्दानी भने अघिल्लो वर्षको ३४ करोड ४४ लाख रुपैयाँबाट घटेर २१ करोड ६२ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २१.२९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१०.३४ रुपैयाँ कायम भएको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ। साथै, महाविपत्ति कोषमा ८ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड ३५ लाख रुपैयाँ राखिएको छ।

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार