पेट्रोलको मूल्य २ रूपैयाँ बढ्दा डिजेल र मट्टितेलको मूल्य भने घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको  छ।  निगमले आज ३१ साउन २०८२, १ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको र  डिजेल र मट्टितेलको मूल्य घटाएको   हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ  बढाएको छ भने र डिजेल तथा मट्टीतेलमा  प्रतिलिटर १  रूपैयाँ घटाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १५८.५० रूपैयाँ  दोस्रो वर्गलाई १६० रुपैयाँ तेस्रो वर्गको लागि १६१ रुपैयाँ कायम हुनेछ । मट्टितेल र डिजेलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १४६.५० रुपैयाँ दोस्रो वर्गलाई १४८ रुपैयाँ तेस्रो वर्गको लागि १४९ रुपैयाँ कायम हुनेछ ।