भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान नेपाल आएका मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका हुन्।
भेटवार्तामा दुई देशबीचको आन्तरिक हित प्रवर्द्धन, सहकार्य र चासोका विविध विषयमा छलफल भएको जानकारी दिइएको छ। सचिव मिश्री काठमाडौं आएका छन् प्रधानमन्त्री ओलीको भदौ ३१ गते तय भएको भारत भ्रमणको तयारीका लागि।