युएई सरकारले १२० नेपालीको बाँकी कैद माफ गर्‍यो

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई बाँकी कैद सजाय माफ गरेको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार, युएई सरकारले इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादको अवसरमा यो निर्णय गरेको हो।

दूतावासले ती नेपालीलाई बाँकी कैद माफ गरिएको पुष्टि गरेको छ र आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई स्वदेश फर्कन सहयोग गर्ने तयारीमा रहेको जानकारी दिएको छ।