नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले “लक्सपिरियन्स २०२५” प्रदर्शनी आयोजना गर्न लागेको छ। प्रदर्शनी साउन ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म गैरीधारा, सिल्भर ओकमा हुनेछ।
प्रदर्शनीमा हुन्डाई, बिएमडब्लु, कायी र फोर्थिङ जस्ता बहुप्रतिष्ठित ब्रान्ड सहभागी हुनेछन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक बिएमडब्लुको सहभागिताले कारप्रेमीहरूका लागि कार्यक्रम अझ रोचक बन्नेछ।
आगन्तुकहरूले प्रदर्शनीमा विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनस, फाइनान्स र इन्स्योरेन्स सेवाहरू प्राप्त गर्ने अवसर पाउनेछन्। नयाँ कार खरिद वा पुरानो कार साट्ने इच्छुकहरूका लागि यो प्रदर्शनी उत्कृष्ट अवसरको रुपमा प्रस्तुत हुनेछ।
कार मात्र नभई आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद, व्यक्तिगत डिल तथा मनोरञ्जनात्मक गतिविधिहरू जस्तै नेल आर्ट, मेहेन्दी र निःशुल्क पौडीमा सहभागी हुने अवसर पनि पाउनेछन्।
लक्ष्मी ग्रुपका अधिकारीहरूले भनेका छन्, “यो प्रदर्शनीले कारप्रेमीहरूलाई केवल नयाँ मोडल हेर्ने मात्र नभई प्रत्यक्ष अनुभव र सुविधाजनक सेवा प्राप्त गर्ने अवसर पनि दिनेछ।”