भक्तपुरमा पञ्चदान पर्व धूमधामका साथ मनाइँदै

आज भक्तपुरमा बौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व धूमधामका साथ मनाइरहेका छन्। हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी (गुँलागा त्रयोदशी) का दिन यो महत्त्वपूर्ण पर्व मनाइन्छ।

पञ्चदान पर्व बौद्ध धर्मावलम्बीको ठुलो र ऐतिहासिक पर्व मानिन्छ। यस अवसरमा भक्तपुरका पाँच प्रमुख बिहारबाट निस्किएका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइँदैछ।

समारोहमा सहभागीहरूले रीतरिवाज अनुसार बुद्धलाई पूजा गर्ने र सांस्कृतिक कार्यक्रममा समेत सहभागी हुने परम्परा रहेको छ। यस पर्वले नेवार समुदायको धार्मिक र सांस्कृतिक धरोहरलाई जगेर्ना गर्दै आएको छ।