नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने

npl एनपिएल New Project

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी दिएको छ ।

क्यानका अनुसार दोस्रो संस्करणको एनपीएल पनि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आयोजना हुने भएको छ। पहिलो संस्करणको एनपीएल २०८१ मंसिर १५ देखि पौष ६० गतेसम्म आयोजना भएको थियो। खेलतालिका भने केही समयपछि सार्वजनिक गरिने क्यानले जनाएको छ।