दि एक्स्पोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (सीईएक्सआइएम) चाइना एक्जिम बैंक बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर (१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेघावाट)–१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण÷मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियूक्त गरेको छ ।
सीईएक्सआइएम बैंकको चिनको सिचुहान शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र सीईएक्सआइएमबीच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ । उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र सीईएक्सआइएमको तर्फबाट सिचुहान शाखाकी उपाध्यक्ष वू यान्हुईले हस्ताक्षर गरेका छन् ।
यी परियोजना सफल बनाउन हाल सम्मकै ठुलो परिमाणमा चाईनिज मुद्राको अन्र्तरदेशीय कारोबार नेपालमा भित्राउन सानिमा बैंक सफल भएको छ र यस्ता कार्यले आगामी दिनमा बैंकको कार्य क्षमता बढ्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सानिमा बैंकको साख बृद्धिहुने तथा देशको दिगो विकासमा महत्वपूर्ण टेवा दिने देखिन्छ ।