अमेरिकाको बोस्टन सिटी काउन्सिलले नेपालको प्रतिनिधि सभाकि उपसभामुख इन्दिरा राना मगरलाई विशेष सम्मान गरेको छ। उनी १८ वर्षको उमेरदेखि प्रहरी हि’रासतमा परेका अभिभावकका बालबालिकालाई आश्रय, शिक्षा र पालनपोषण गर्दै आएकी हुन्। सन् १९९० बाट सुरु भएको उनको निःस्वार्थ सेवाले हजारौं बालबालिकाको जीवनमा नयाँ आशा जगाएको भन्दै अमेरिकामा सम्मान गरिएको हो।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            