सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा “सेमिनार अन् कोशी लिडरसिप्: इन्स्पाएरिङ्ख पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स” कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो।
सेमिनारमा बैंकका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूले गत आर्थिक वर्षको कार्य प्रगति समिक्षा गरेसँगै चालु आर्थिक वर्षका प्राथमिकतामा गहिरो छलफल तथा केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा अन्तरक्रिया गरेका थिए। यसअघि मधेश र बागमती प्रदेशमा सम्पन्न यस्तै कार्यक्रमको निरन्तरता स्वरूप कोशी प्रदेशमा आयोजना गरिएको हो र अन्य प्रदेशहरूमा पनि क्रमशः सञ्चालन गरिने बैंकले जनाएको छ।
आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म बैंकले कर्जा, निक्षेप र खुद ब्याज आम्दानीमा दोहोरो अंकको वृद्धि गरेको छ। कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धिसँगै रकम १ खर्ब ७५ अर्ब १६ करोड पुगेको छ भने निक्षेप संकलनमा ११.६९ प्रतिशत वृद्धि भई कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानीमा ११.२० प्रतिशत वृद्धिसँगै ६ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ।
बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ। सम्पत्ति प्रतिफल दर (ROA) ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर (ROE) ५.८१ प्रतिशत कायम भएको छ।
सिटिजन्स बैंकले “बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गरेको छ। यसैक्रममा नेपालमै पहिलो पटक फोनपेसँग सहकार्य गरी “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र CRN नम्बर सेवाको सुविधा पनि प्रदान गर्दै आएको छ।
देशभरि ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ्ग इकाइमार्फत बैंकले १९ लाख ३० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।