सर्वोच्च अदालतमा लामो समयपछि संवैधानिक इजलास गठन भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बुधबार इजलास गठन गरिएको सर्वोच्च अदालतले जानकारी दियो ।
इजलासमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा सदस्य छन् ।
गोलाप्रथाबाट न्यायाधीश तोकेर इजलास गठन गर्ने कि प्रधानन्यायाधीशले तोक्ने भन्ने विषयमा विवाद हुँदा असारदेखि इजलास बस्न सकेको थिएन ।