नगर विकास कोषले सहलगानी तथा साझेदारी नीति अनुसार दाङ तुल्सीपुरको अमृतपुर सहलगानी खानेपानी आयोजना निर्माण गर्न ऋण सम्झौता गरेको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजनाका लागि दिएको ठेक्काको लागत २३ करोड ६५ लाख ३९ हजारको २५ प्रतिशतले हुने रकम ५ करोड ९१ लाख ३४ हजार ७ सय ५० रुपैयाँ कोषबाट ऋण लगानीका लागि सम्झौता भएको हो ।
नगर विकास कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डित र अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष चन्द्रकान्त शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा तुल्सीपुर उपमहानगरपालिका नगर कार्यपालिका प्रमुख टिकाराम खड्काले जमानतकर्ताका रूपमा हस्ताक्षर गरेका छन् ।