रुपन्देही-३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका आकांक्षीहरूले सभापति रवि लामिछानेलाई नक्खु कारागार पुगेर भेटेका छन्।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा पुर्पक्षका लागि ललिनपुरको नक्खुु कारागारमा रहेका लामिछानेले भेट्न आज आइतबार ९ जना आकांक्षी पुगेका थिए।
भेटमा लामिछानेले ९ मध्ये एक उम्मेदवार हुने र उम्मेदवार नहुनेले उम्मेदवार भएकालाई सहयोग गर्न सुझाएका छन्।
नौजना मध्येबाट हामी एकजना चुनावमा जाँदैछौँ। उहाँलाई कतैबाट असहयोग नहोस्, अब त डेढ वर्ष त बाँकी छ तपाईंहरू नौजनालाई सेटल गर्न कहीँ कतै कुनै कसर बाँकी राख्नेछैन,आकांक्षीमध्येका एक सुलभ खरेलले लामिछानेलाई उदृत गर्दै भने,ु इगो नराख्नु ०८४ आउन पनि धेरै छैन कतै न कतै सेटल गरौँला।ु
रास्वपाले आज उम्मेदवारको नाम सार्वजनिक गर्दैछ। रास्वपाले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा उम्मेदवार छनोट समिति बनाएको छ।