लक्ष्मी समूहको सहायक कम्पनी लक्ष्मी इलेक्ट्रोटेक प्रालिले काठमाडौंस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आफ्नो वार्षिक “व्हिर्लपुल पार्टनर्स मिट २०२५” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरूको सहभागीता रहेको थियो।
कार्यक्रमको उद्घाटन लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र भारतको व्हिर्लपूल लिमिटेडका निर्देशक (की अकाउन्ट तथा अन्तर्राष्ट्रिय व्यवसाय) हिमांशु जैनले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा व्हिर्लपूलको नयाँ मोडलका सिंगल डोर तथा डबल डोर फ्रिज र वाशिङ मेशिनहरू प्रस्तुत गरिएको थियो।
अध्यक्ष श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै डिलर नेटवर्कप्रति आभार व्यक्त गरे। उनले भने, “हाम्रा व्यापार साझेदारहरू हाम्रो वृद्धिको मेरुदण्ड हुन्। व्हिर्लपुलको नवप्रवर्तनशील प्रविधि र बलियो वितरण नेटवर्कमार्फत हामी नेपाली घरपरिवारमा विश्वस्तरीय उपकरणहरू पु¥याउन प्रतिबद्ध छौं।”
त्यस्तै, हिमांशु जैनले नेपालप्रतिको आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामी नेपाली परिवारका लागि विश्वव्यापी नवप्रवर्तनहरू लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत प्रस्तुत गर्न उत्साहित छौं।”
लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्डहरूको प्रमुख वितरक हो भने, व्हिर्लपुल अफ इन्डिया लिमिटेड विश्वभर होम एप्लायन्स उद्योगमा अग्रणी मानिन्छ।
कार्यक्रमको अन्त्यमा पुरस्कार वितरण, नेटवर्किङ डिनर तथा व्यवसायिक सहकार्यलाई अझ सुदृढ बनाउने विभिन्न सेसनमार्फत समारोह सम्पन्न गरिएको थियो। यस अवसरले नेपालभरका ग्राहकलाई उत्कृष्ट मूल्य र सेवा दिने नयाँ प्रतिबद्धतालाई अझ स्पष्ट पारेको आयोजकहरूले बताएका छन्।