शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदेबीच दुईपक्षीय भेटवार्ता भएको छ।
भेटका क्रममा दुई देशबीचको सामूहिक सम्बन्ध, व्यापार र लगानीका अवसर लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरूले उच्चस्तरीय भ्रमणको आदानप्रदानसमेत अघि बढाउने विषयमा कुराकानी गरेका थिए।
भेटमा पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारीहरू उपस्थित थिए।
प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीबीचको यस भेटवार्ताले दुई देशबीच राजनीतिक, आर्थिक र कूटनीतिक सहकार्यलाई अझ मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।