नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट थप तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।
भदौ १८ गते मध्यान्ह ३ बजे केन्द्रिय बैंकले बोलकबोल मार्फत उक्त रकम २५ दिनका लागि निक्षेप संकलन गर्ने योजना बनाएको छ। बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले घटिमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निस्शेष भाग जाने गरी कुल आह्वान रकममा बोलकबोल गर्न सक्नेछन्।
निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी असोज १२ गते तोकिएको छ भने ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार, निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।