प्रभु बैंक र दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्टबिच छुट सम्झौता

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार

प्रभु बैंक र दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्टबिच छुट सम्झौता भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेलका सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा वितरण कर्पोरेट निर्देशक अमृत ढकालले हस्ताक्षर गरेका हुन् ।

यसअनुसार बैंकका ग्राहकले ल्यान्डमार्क होटेल तथा रिसोटअन्र्तगत चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवालगायत शाखामा आवासका साथै खाना , तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार