महालक्ष्मी विकास बैंकको चाडपर्व लक्षित गर्दै नयाँ योजना सार्वजनिक

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार
महालक्ष्मी विकास बैंक mahalaxmi

महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने योजना ल्याइएको हो ।

यसका लागि बैंकले विभिन्न ट्राभल एजेन्सीसँग व्यावसायिक सम्झौतासमेत गरिसकेको छ । पहिलो चरणमा पर्यटकले गुरु ट्राभल्स, दरबारमार्ग र रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्समार्फत यो सुविधा लिन सक्नेछन् । बैंकका क्रेडिट कार्डवाहकले विभिन्न टुर प्याकेज खरिद गर्दा प्याकेजको मूल्यबराबरको रकम भुक्तानी ६ देखि १२ महिनासम्मको लचिलो अवधिमा मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्नसमेत सक्ने बैंकले जनाएको छ ।

यो सुविधा लिन आफूले खरिद गरेको टुर प्याकेजको बिल पेस गर्नुपर्नेछ, जसलाई बैंकले सहजै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ ।

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार