नाडा विशेष साधारण सभा स्थगित, नयाँ मिति पछि जानकारी गराइने

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २४ गतेका लागि तय गरिएको विशेष साधारण सभा स्थगित गरेको छ । नाडाले बिहीबार प्रकाशित गरेको सूचनाअनुसार, भदौ १९ गते बसेको २२औँ केन्द्रीय कार्य समिति बैठकको निर्णयअनुसार सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको हो ।

विशेष साधारण सभा ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’मा मङ्गलबार, भदौ २४ गते हुने भनिएको थियो। नाडाले नयाँ मिति उपयुक्त समयमा तय गरी पुनः सूचना प्रकाशित गरिने जनाएको छ। साथै, यस सम्बन्धमा सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइएको पनि उल्लेख गरिएको छ।

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार