प्रतीक्षा अब समाप्त भएको छ—विश्वकै सबैभन्दा स्लिम र शक्तिशाली फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी ५ अब नेपालमा आएको छ। कम्पनीले यसका लागि आधिकारिक प्रि–बुकिङ पनि सुरु गरिसकेको छ।
केवल केही मिलिमिटर मोटाइमा तयार गरिएको यो स्मार्टफोनमा ठूलो ब्याट्रीसहितको स्लिम फोल्डेबल डिजाइन, हल्का बनावट र अल्ट्रा–स्मुथ फोल्डेबल ओएलइडी डिस्प्ले उपलब्ध छ।
स्न्याप ड्र्यागन ८ एलिट प्रोसेसरले सञ्चालित म्याजिक भी ५ले छिटो प्रदर्शन, सहज मल्टिटास्किङ र प्रिमियम फोल्डेबल अनुभव प्रदान गर्दछ। फोनमा एडभान्स्ड एआएई, ट्रिपल–क्यामेरा सिस्टम र पुरै दिन टिक्ने ब्याट्री समावेश छ, जसले उत्कृष्ट फोटोग्राफी र भिजुअल अनुभव दिने कम्पनीको दाबी छ।
नेपालमा प्रि–बुकिङ गर्ने ग्राहकले अनर वाच ४ र अनर च्वाइस इयरवर्ड क्लिप्स जस्ता आकर्षक गिफ्टहरू पाउन सक्ने व्यवस्था पनि गरिएको छ।
अनर म्याजिक भी ५ पहिले नै विश्वभर धमाका मच्चाइसकेको स्मार्टफोन हो र अब नेपाली प्रयोगकर्ताले पनि यस फोल्डेबल प्रविधिको अनुभव लिन सक्ने भएका छन्।