सिटिजन्स बैंकले लुम्बिनीमा ‘लिडरसिप सेमिनार’ सम्पन्न, केन्द्र–प्रदेश सहकार्य सुदृढ

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा “लिडरसिप फर ट्रास्फर्मेसन इन लुम्बिनी: अ सेमिनार अन ड्राइभिङ्ग पर्फरमेन्स एण्ड रिजनल एक्शिलेन्स” कार्यक्रम आयोजना गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरू कार्यक्रममा उपस्थित थिए। सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समिक्षा, चालु वर्षका प्राथमिकताहरू, तथा केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको छ।

यो सेमिनार हालै अन्य प्रदेशमा सञ्चालन भएको यस्तै कार्यक्रमको निरन्तरता स्वरूप लुम्बिनीमा गरिएको हो।

सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने र कर्जा जोखिम व्यवस्थापनमा सुधार गर्ने सफलता हासिल गरेको छ।

बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२४’ उपाधि प्राप्त गरेको छ। यससँगै नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड, फ्रिलान्सरहरूलाई लक्षित फ्रिलान्सर सेविङ्ज अकाउन्ट, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा, र अन्य बैंकका ग्राहकले शाखाबाट क्रस बैंक टेलर सुविधा मार्फत नगद प्राप्त गर्ने सुविधा पनि ल्याएको छ।

सिटिजन्स बैंक देशभर ६१ जिल्ला, २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ्ग ईकाइ मार्फत १९ लाख ३४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार