नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । लामो समयदेखि अध्यक्षविहीन रहेको नेप्सेमा सरकारले मन्त्रीस्तरीय निर्णयमार्फत बस्याललाई जिम्मेवारी दिएको हो ।
बस्यालको कार्यकाल तीन वर्षको रहनेछ । उनी यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । व्यक्तिगत कारण देखाउँदै केही दिनअघि उनले सो पदबाट राजीनामा दिएका थिए ।
सरकारको निर्णयसँगै नेप्सेले नयाँ अध्यक्ष पाएको छ भने बस्यालले नेपालको पूँजी बजारलाई संस्थागत विकास र सुधारतर्फ अघि बढाउने अपेक्षा गरिएको छ ।