प्रदर्शनकारीहरूले काठमाडौँको डल्लुस्थित झलनाथ खनालको घरमा पनि आगो लगाएका छन्।
केही बेरअघि घरबाहिर भेला भएका प्रदर्शनकारीले नाराबाजी गर्दै आगो लगाएका हुन्।
अहिले घरबाट ठूलो धुँवाको मुस्लो आइरहेको देखिन्छ।