अहिले प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुख सम्मिलित बैठक बसिरहेको छ ।
कुन ढंगबाट आगामी सरकारको निर्माण गर्ने र जेनजीहरूको माग पूरा गर्नेतर्फ बैठक चलिरहेको सेना कार्यालयले जनाएको छ ।
प्रदर्शनकारीले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि धावा दिइरहेका छन् ।
अहिले सार्वजनिक रूपमा बोल्दा राम्रो सन्देश जाँदैन, तर, राज्यका तीन वटै संरचनामाथि यो हदको विध्वंसले अब राज्य पुनर्संरचनाको नयाँ रुप लिने निश्चित छ ।
प्रदर्शनको नेतृत्व कसले गरेको हो ? को वार्तामा आउने हो ? वा काठमाडौं महानगरका प्रमुख बालेन साह आफैं वार्तामा आउने हुन् भने पनि त्यसअनुसार वार्ताको मोडालिटी बनाएर वार्तामा बस्न केही समय लाग्ने छ ।
बालेनले संसद् विघटन गरेर मात्रै सेनासँग वार्ता गर्ने भनिरहँदा सेनाले कसरी समन्वयकारी भूमिका खेल्छ त्यो अहिल्यै आकलन गर्न सकिँदैन ।
