काठमाडौं । आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार(आज)राति १० बजेबाट नेपाली सेना परिचालन भएको छ ।
हालको विषम परिस्थितिको फाइदा उठाउँदै केही समूहहरुले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्याधिक क्षति पुर्याउने, लुटपाट एवम आगजनी गर्ने कार्य भइरहेकाले संयमित हुन सेनाले आग्रह समेत गरेको छ ।
यस्ता किसिमका गतिविधि नरोकिएसम्म नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकाय सुरक्षाका लागि स्थिति नियन्त्रण लिन मंगलबार १० बजेबाट तैनाथ रहने सेनाले एक सूचनामार्फत जनाएको छ। सेना तैनाथ भएपछि काठमाण्डौ लगायत अन्य स्थानमा केही शान्ति भएको पाइएको छ ।
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            