सर्वोच्च अदालतको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्च अदालतमा आज र भोलिदेखिका सबै मुद्दाको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि रोकिएको छ।

जेनजी आन्दोलनको क्रममा मंगलबार भएको आगजनीपछि सर्वोच्च अदालतको भवन पूर्णरूपमा ध्वस्त बनेको छ। आगलागीका कारण अदालतका मिसिल, सर्भर र इजलास जलेर नष्ट भएका छन्।

यस्तो अवस्थाले गर्दा आजका साथै भोलिदेखि तय भएका सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ।

न्यायिक प्रक्रिया ठप्प हुँदा मुद्दा दर्ता, पेशी र सुनुवाइसमेत रोकिएका छन् भने कानूनी सेवा लिने पक्षमा ठूलो असर परेको छ।