जेनजी आन्दोलनले विमानस्थल ठप्प, यात्रुलाई भाडा फिर्ता

जेनजी आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दिउँसो साढे २ बजेदेखि बन्द गरिएको छ।

विमानस्थलको सेवा भोलि बुधबार दिउँसो १२ बजेसम्म बन्द रहने भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूमा ठूलो असर परेको छ।

यसबीच, बुद्ध एयर लगायतका प्रमुख आन्तरिक वायुसेवा कम्पनीहरूले प्रभावित यात्रुसँग माफी माग्दै टिकटको पैसा फिर्ता गर्ने व्यवस्था मिलाइएको बताएका छन्। वायुसेवा सञ्चालक संघले पनि आन्दोलनका कारण उडान गर्न नपाएका यात्रुको रकम फिर्ता गर्ने निर्णय गरेको छ।

यात्रुले आफ्नो सम्बन्धित वायुसेवा कम्पनीमार्फत भाडा फिर्ता लिन सक्नेछन्।