जेनजी प्रदर्शनकारीहरूको सोमबारबाट सुरु भएको आन्दोलन मंगलबार पनि जारी रह्यो ।
आन्दोलन चर्किएको मौकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सामाजिक सञ्जालबाटै पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा स्वागत गर्न आह्वान गरिरहेका थिए ।
उनीहरूले नख्खु कारागार पुगेर रवि लामिछाने निकाल्न दबाब दिए । सहकारी ठगी आरोपमा नख्खु कारागार पुगेका रास्वपा सभापति तथा पूर्वगृहन्त्री लामिछानेलाई उनीहरूले बाहिर निकाले ।
लामिछाने कारबाट हात हल्लाउँदै काराबारबाट बाहिरिए । उनको दाबी छ, ‘म प्रक्रिया पूरा गरेरै जेलबाट निस्किएको हुँ ।’
कारागारबाट निस्केको केही समयमै सामाजिक सञ्जालमा लाइभ आएर उनले सार्वजनिक गरेको कारागार प्रशासक सत्यराज जोशीको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘‘अमन चयनमा थप खलल पुग्ने हुँदा निजलाई तत्काल थुनामुक्त गर्न निर्णयानुसार जानकारी गराइन्छ ।’
तर, यो पत्रको आधिकारिकताबारे कारागार प्रशासनले केही बोलेको छैन । कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेले पत्रबारे आफू जानकारी नरहेको बताउँछन् ।
रवि छुटेको यही नजिर देखाउँदै अहिले देशभरका कारागारहरूबाट कैदीबन्दीहरू धमाधम छुट्ने क्रम जारी रहेको छ ।
रवि छुटेको केही समयमै त्यही नख्खु कारागारबाट कुख्यात अभियुक्त सञ्जय टक्ला निस्के । उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए ।
उनीजस्तै नेपालका विभिन्न काराकारबाट कैदीहरु छुटेका थिए । कोहि भागेका थिए, उनिहरु अदालतकै कारणले गर्दा जेल जानुपरेको भन्दै नेपालका विभिन्न अदालतलाई निशाना बनाउदै आक्रमण गर्न थालेपछ सेना परिचालन भएका छन् । परिचालित सेनालाई पनि चुनौती छ ।