राष्ट्रिय युवा सङ्घद्वारा आन्दोलनमा भएको हिंसाको घोर भत्सर्ना

राष्ट्रिय युवा सङ्घ, नेपालले हालैका आन्दोलनका क्रममा सरकारी र सार्वजनिक सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनाप्रति गम्भीर दु:ख व्यक्त गरेको छ।

सङ्घले आफ्नो वक्तव्यमा भनिएको छ कि युवाहरूको आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचारमुक्त र सुशासित नेपाल बनाउनु हो, तर शान्तिपूर्ण आन्दोलनको घोषणासँगै हिंसा भड्किनु र सरकारी सम्पत्तिमा क्षति पुग्नु दुःखद भएको छ।

सङ्घले प्रधानमन्त्री निवास, संसद् भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय विमानस्थल लगायतका महत्वपूर्ण सरकारी संरचनामा भएको आगजनी, तोडफोड र लुटपाटको घोर निन्दा र भर्त्सना गरेको छ।

साथै, राष्ट्रिय युवा सङ्घले घटनाको गम्भीर छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।