भाटभटेनीको पुनरागमनको घोषणा

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

जेनजी आन्दोलनको दौरान ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटले पुनः सञ्चालनमा फर्किने दृढ प्रतिबद्धता सार्वजनिक गरेको छ। देशभरका शाखाहरूमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण भाटभटेनीले गम्भीर आर्थिक नोक्सानी बेहोर्नु परेको थियो।

सामाजिक सञ्जालमार्फत जारी सन्देशमा भाटभटेनीले भनेको छ, “दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो पसल ध्वस्त भए पनि तपाईंहरूको साथले हामी अझ बलियो महसुस गरिरहेका छौं। हजारौं सहयोगी हातहरूले हामीलाई सफा गर्न, आँसु पुछ्न र फेरि उठ्न मद्दत गरिरहेका छन्।”

उक्त सन्देशमा भाटभटेनीले ग्राहकहरूको विश्वास र सकारात्मक ऊर्जा नै पुनर्निर्माणको आधार हुने बताएको छ। “भाटभटेनी फेरि उभिनेछ, तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं,” सन्देशमा उल्लेख छ।

हाल पुनर्निर्माणको काम क्रमिक रूपमा अघि बढिरहेको र चाँडै नै शाखाहरू सञ्चालनमा ल्याउने तयारी भइरहेको भाटभटेनीले जानकारी दिएको छ।

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार